अमेरिकाको विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच शिष्टाचार भेटवार्ता भएको छ।
नेपाल भ्रमणमा रहेकी नुल्याण्डले सोमबार बिहान धुम्बाराहीस्थित निवासमा पुगेर सभापति देउवासँग भेटवार्ता गरेकी हुन्। भेटवार्तामा द्विपक्षीय सम्बन्ध र लोकतन्त्र, विकास तथा सुशासनमा सहयोग अझ सुदृढ बनाउने उपायबारे छलफल भएको सभापति देउवाको सचिवालयले जानकारी दिएको छ। भेटमा सभापति देउवाले अमेरिकाबाट नेपाललाई निरन्तर सहयोगका लागि धन्यबादसमेत दिएका थिए।





























प्रतिक्रिया