प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबिच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबिच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

सभापति लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न मंगलबार बिहान बालुवाटार पुगेका हुन् । सर्वोच्च अदालतले नागरिकता अवैध घोषणा गरेपछि गृहमन्त्री पद गुमाएका लामिछाने पुनः सोही पदमा फर्कनका लागि दौडधुपमा रहेका छन् । पार्टीले आधिकारिकरुपमा नै गृहमन्त्री फेरि रास्वपाले पाउनुपर्ने दाबी पेश गरेको छ ।

यसअघि आइतबार साँझ पनि लामिछाने बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए। अमेरिकी नागरिकता त्यागे पनि उनले नेपाली नागरिकता पुनः प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पदसमेत बदर गरिदिएको थियो।

Skip This
Skip This
Logo