कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबकाे राष्ट्रपति -महामन्त्री शर्मा

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबकाे राष्ट्रपति -महामन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् । 

आज इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा महामन्त्री शर्माले साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने बताएका हुन् ।  

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने बारेमा शर्माले विधिवत् छलफलपछि सम्भावित उम्मेदवारको नाम र निर्णय सार्वजनिक हुने बताए । उनले भने, “हामीसँग योग्य नेतृत्व धेरै हुनुहुन्छ । अहिले मैले नाम भन्नु उचित हुँदैन् । अब हामी बैठक बस्छौँ र सम्भावित उम्मेदवारको बारेमा छलफल गर्छौ ।” 

कांग्रेस लामो राजनीतिक इतिहास बोकेको पार्टी भएका कारण साना समस्याबाट विचलित नहुने उनको भनाइ थियो ।

Logo