प्रतिष्ठानले ललितकला क्षेत्रमा गरेकाे योगदानको राष्ट्रले सधैँ कदर गर्छ -प्रधानमन्त्री प्रचण्ड

प्रतिष्ठानले ललितकला क्षेत्रमा गरेकाे योगदानको राष्ट्रले सधैँ कदर गर्छ -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गर्ने बताएका छन् । 

बिहीवार ललितकला गुठी काठमाडौंको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले ललितकला प्रतिष्ठानले ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित र परिचित गर्ने काम गरेको बताए । उनले प्रतिष्ठानले देशमा मात्र नभइ ललितकलाको माध्यमबाट विदेशमा पनि नेपाललाई चिनाएको बताए । 

उनले भने, ‘ललितकला प्रतिष्ठानले ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित र परिचित गर्ने, देशभित्र मात्र नभइ देश बाहिर पनि महत्वपूर्ण भुमिका खेल्नुभएको छ । म पहिलो पटक प्रधानमन्त्री हुँदा ललितकला प्रतिष्ठानलाई अघि बढाउनेबारे तपाईहरुकै सल्लाह,सुझाव अनुसार अघि बढाएको हो, अहिले स्थापित भएर गठन भइ १२ वर्ष पूरा भइसकेको छ । यसले संस्थागत स्वरुप ग्रहण गर्दैछ । अहिले तेस्रो पटक प्रधानमन्त्रीको रुपमा यहाँ आइराख्दा खुशी महशुस भएको छु ।’

प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानलाई ललितकला सम्बन्धी कुनै समस्या र चुनौति भए लिखित रुपमा आफूलाई दिन आग्रह गर्दै आफूले प्रतिष्ठानको संरक्षण र संवद्र्धनका लागि आवश्यक पहल गर्ने बताए । 

Logo