सांसदहरु काठमाडौंमुखी हुने हो भने गाउँ पस्दा जनताले राँको लिएर लखेट्छन्ः उपसभामुख

सांसदहरु काठमाडौंमुखी हुने हो भने गाउँ पस्दा जनताले राँको लिएर लखेट्छन्ः उपसभामुख

केन्द्रबिन्दु
0
Shares

उपसभामुख इन्दिरा रानाले उपसभामुख पदलाई हेप्ने गरेको बताएकी छन् । 

बिहीवार संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपसभामुखलाई उप/चुप जस्ता वाक्यांशहरु प्रयोग गरेर हेप्ने गरेको बताएकी हुन् । आफू उपसभामुख भइसकेपछिका केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट पनि सो कुरा जानकारी पाएको उनले बताइन् । 

उनले उपसभामुख अब चुप नभइ (उपर) अर्थात् झनै माथि जाने भएको बताइन् ।

साथै उपसभामुख रानाले संसदमा महिला सांसदहरुले जनताका समस्यलाई गुञ्जायमान गर्नुपर्ने बताइन् । सांसदहरु काठमाडौं केन्द्रित हुनु नहुने भन्दै उनले काठमाडौं केन्द्रित हुँदा जनताले गाउँ जाँदा राँको लिएर लखेठ्ने बताइन् । सांसदहरुले स्थलगत अवलोकन गरी त्यहाँका समस्याहरु संसदमा उठाउनुपर्ने उनकाे भनाइ छ । 

Logo