मधेसमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले लिए सपथ, माओवादी सरकार बाहिर

मधेसमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले लिए सपथ, माओवादी सरकार बाहिर

केन्द्रबिन्दु
0
Shares

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। 

शुक्रबार मुख्यमन्त्री यादवले महेश प्रसाद यादवलाई शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री, सुरिता कुमारी साहलाई सामाजिक विकास मन्त्री, सत्रुधनप्रसाद महतो कोइरीलाई गृह तथा सञ्चारमन्त्रीमा नियुक्त गरेका हुन् । 

साथै सिंहासन कलावार खानेपानी तथा ऊर्जा विकासमन्त्री, राजकुमार लेखी कानुन न्याय तथा प्रदेश मामिलामन्त्री र मोहम्मद जयद खाँ आलम महिला तथा बालबालिकामन्त्री, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन् । 

सामाजिक विकास राज्यमन्त्रीमा शेख अबुल कलाम आजाद, गृह तथा सञ्चार राज्यमन्त्रीमा केशव राय, कृषि तथा सहकारी राज्यमन्त्रीमा सञ्जय कुमार यादव नियुक्त भएका छन् । उनीहरुले आजै पद तथा गोपनियताको सपथ पनि लिएका छन् । 

तर, केन्द्र सरकारमा नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) भने भागबन्डा नमिलेपछि प्रदेश सरकारमा सहभागी भएको छैन ।माओवादीले २ वटा मन्त्रालय मागेको थियो । तर, त्यसमा मुख्यमन्त्री यादव सहमत भएनन् । 

Skip This
Skip This
Logo