राष्ट्रियसभा उपाध्यक्ष चयनको पूर्व सन्ध्यामा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बैठक सिंहदरबारमा जारी छ ।
सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरुको बैठक बसिरहेको हो । बैठकमा कांग्रेस, एकीकृत समाजवादी, लोसपालगायतका दलका शीर्ष नेताहरूको उपस्थिति रहेको छ । नेकपा एमालेका उम्मेदवालाई सर्वसम्मत हुन नदिने सोचमा रहेको कांग्रेसले बिहिवार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो । लामो समय देखी रिक्त राष्ट्रिय सभाका उपाध्यक्ष माघ २३ मा गर्ने संघीय संसद सचिवालयले यसअघि नै जानकारी गराईसकेको छ ।
प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसहमत हुन नदिएको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पनि सर्वसम्मत हुन नदिनका लागि उम्मेदवारी दर्ता गराउन लागेको हो । तर, उपाध्यक्षको उम्मेदवार को हुने भन्ने अझै निक्र्यौलमा कांग्रेस भने पुगिसकेको छैन ।





























प्रतिक्रिया