नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको विवादबारे समाधान हुने बताएका छन्।
शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग प्रधानमन्त्री प्रचण्डले भने- ‘अहिले मेरो कुरा हुँदैछ। समस्याको समाधान हुन्छ।’ रास्वपाले दुई दिन दिएको अल्टिमेटम सकिनै लाग्दा प्रधानमन्त्रीकाे यस्ताे धारणा सार्वजनिक भएकाे हाे ।
गत साता सर्वोच्च अदालतले सभापति रवि लामिछानेको नेपाली नागरिकताको प्रमाणपत्र अवैध ठहर गर्दै सांसद, उपप्रधान तथा गृहमन्त्रीसहित सबै जिम्मेवारीबाट पदमुक्त गरेको थियो । अमेरिकाको नागरिकता त्यागेको निस्सा पेस गरेर पुनः नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका उनले त्यसयता गृहमन्त्री पदका लागि गरेको लविङ गरिरहेका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेवास्ता गर्दै आएका छन् । त्यसपछि रास्वपाले सरकारबाट बाहिरिने अल्टिमेटम दिइसकेकाे छ ।































प्रतिक्रिया