संसदमा कांग्रेसले खेलेको भूमिका बुझिनसक्नु छ -ओली

संसदमा कांग्रेसले खेलेको भूमिका बुझिनसक्नु छ -ओली

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रलाई अस्थिरताबाट जोगाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन गरेको बताएका छन् । 

आइतबार प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रलाई अस्थिरतामा धकेल्न नहुने बताएका हुन् । आफूहरु प्रतिपक्षमा बस्ने मानसिकतामा रहेका बेला सरकार गठनको समय घर्किन लाग्दासमेत सरकार नबन्ने देखिएपछि राष्ट्रलाई अस्थिरतामा जानबाट रोक्दै र राजनीतिक निकास निकाल्दै प्रचण्ड नेतृत्वमा सरकार बनाएको उनको भनाइ छ । 

कांग्रेसको भूमिकाप्रति प्रश्न उठाउँदै उनले संसदमा कांग्रेसले खेलेको भूमिका बुझिनसक्नु रहेको बताए । कांग्रेस अहिले पानीबाहिरको माछा जस्तै छट्पटाएको उनको टिप्पणी थियो । ‘यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ । नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ ।’ उनले भने । 

Logo