राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नभइ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन् ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद केसीले यस्तो बताएका हुन् । उनले ओलीका सबै भनाइहरु सुन्दा आफूले उहाँ नै प्रधानमन्त्री रहेको निस्कर्ष निकालेको बताए । उनले प्रधानमन्त्री दाहाललाई काँग्रेसले पुस २६ गते विश्वासको मत दिएसँगै ओली आतंकित भएको बताए ।
सांसद केसीलेले अध्यक्ष ओलीका कुराहरु गणतन्त्र र २०६२/०६३ को आन्दोलनका उपलब्धिका लागि हानीकारक रहेको बताए । उनले पूर्व प्रधानमन्त्री र पूर्व सभामुखहरुलाई पनि बोल्ने समय तोक्नुपर्ने बताए ।
सांसद केसीले एमाले अध्यक्ष ओलीले आप्रवासी नेपालीको समस्याका बारेमा आज आएर गोहीको आँशु बगाएको भन्दै व्यंग्य गरे ।































प्रतिक्रिया