राष्ट्रपति भण्डारीले दुवै सदनको संयुक्त बैठकमा विशेष सम्बोधन गर्दै

राष्ट्रपति भण्डारीले दुवै सदनको संयुक्त बैठकमा विशेष सम्बोधन गर्दै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई विशेष सम्बोधन गर्ने भएकी छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने भएकी छन् । दुई कार्यकाल सकिन लाग्दा राष्ट्रपति भण्डारीको संयुक्त सम्बोधनलाई बिदाई सम्बोधन भनेर चर्चा हुन थालेको छ । निर्वाचन आयोगले फागुन २८ का लागि नयाँ राष्ट्रपतिको निर्वाचनको कार्यक्रम घोषणा गरेकाले यसलाई बिदाई सम्बोधन भनिएको हो ।

Logo