राजिनामा बुझाएका रास्वपाका मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै

राजिनामा बुझाएका रास्वपाका मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भइ आईतबार राजिनामा बुझाएका सांसदहरुले आज पत्रकार सम्मेलन गर्दैछन् ।

तीन सांसदहरुले आज दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालय वसुन्धारामा पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलनमा आफूले मन्त्रालय सम्हालेको कार्यकालका उपलब्धिहरुका बारेमा जानकारी गराइने बताइएको छ । आइतबार रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका थिए ।

रास्वपाले आइतबार नै सरकारबाट बाहिरिने निर्णय गरेको थियो भने सरकारलाई दिँदै आएको समर्थन भने कायमै रहने बताएको छ ।

Logo