रवि लामिछानेकाे अभिव्यक्तिमाथि जाँच गर्नुपर्छ -भीम रावल

रवि लामिछानेकाे अभिव्यक्तिमाथि जाँच गर्नुपर्छ -भीम रावल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अभिव्यक्तिमाथि जाँच गर्नुपर्ने टिप्पणी गरेका छन् ।

‘राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश–जनताप्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्छ । आलोचना सुन्छ । सत्य तथ्य औंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ । गालीगलौजमा उत्रिन्न । यस कसीमा रवि लामिछानेको जाँच गरौं’ नेता रावलले ट्वीटरमा ट्वीट गरेका छन् ।

आइतबार पत्रकार सम्मेलनमा सरकार छाडेको घोषणा गर्दै रास्वपाका सभापति लामिछानेले सञ्चार माध्यम र सञ्चारकर्मीप्रति आक्रोश व्यक्त गरेका थिए ।  

Logo