प्रधानमन्त्रीद्वारा टर्कीमा भूकम्पमा परी ज्यान गुमाएकाप्रति दुःख व्यक्त

प्रधानमन्त्रीद्वारा टर्कीमा भूकम्पमा परी ज्यान गुमाएकाप्रति दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा भूकम्पमा परी दर्जनौँ नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । स्थानीय समयअनुसार आज बिहान ४ बजेर १७ मिनेटमा टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै ७.८ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Logo