मधेसमा माओवादीका दुई मन्त्रीले आज शपथ लिँदै

मधेसमा माओवादीका दुई मन्त्रीले आज शपथ लिँदै

केन्द्रबिन्दु
0
Shares

मन्त्रालय भागबन्डामा असहमति जनाउँदै यसअघि मन्त्रीमण्डलमा सहभागी नभएको नेकपा माओवादी केन्द्र अन्ततः मधेस सरकारमा सहभागी हुने भएको छ।

माओवादीका दुई मन्त्री सहभागी हुनेभएपछि मंगलबार दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशले जनाएको छ। माओवादीका तर्फवाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले आज शपथ लिँदैछन्।

मधेसका मुख्यमन्त्री रामसरोज यादवसँग सहमति भएसँगै माओवादीले यादव र अन्सारीलाई सहभागी गराउने निर्णय लिएको हो।

Logo