उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बैठक दिउँसो ३ बजे बस्न लागेको हो ।
बुधवार वालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको भेटवार्तापछि बिहीवार संयन्त्रको बैठक बस्न लागेको हो । दुई महिना नपुग्दै रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकारबाट बाहिरिएको स्थीति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपटी सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो ।
बैठकमा मुख्यतः प्रचण्ड सरकारको पुर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको बिषयमा छलफल हुने जनाइएको छ ।































प्रतिक्रिया