सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत पाएनन्, ढल्यो सरकार

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत पाएनन्, ढल्यो सरकार

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावल विश्वासको मत पाउन असफल भएका छन् । शुक्रबार बसेको बैठकमा उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको हो ।

गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त रावलले बिहीबार (२६ माघ)भित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने थियो । तर, सरकार बनाउँदा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका सांसद भने बैठकमा अनुपस्थित भएका कारणले रावलले विश्वासको मत पाउन सकेनन् । योसँगै रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका छन् । 

Logo