माओवादी सचिव पौडेलको प्रश्नः ‘राष्ट्रिय सहमतिमा एमाले रुष्ट हुनुपर्ने कारण के ?’

माओवादी सचिव पौडेलको प्रश्नः ‘राष्ट्रिय सहमतिमा एमाले रुष्ट हुनुपर्ने कारण के ?’

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने कामको नेतृत्व नेकपा (एमाले) ले लिनुपर्ने बताएका छन् । 

आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सचिव पौडेलले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने कामको नेतृत्व एमालेले गर्दा राम्रो हुने धारणा राखेका हुन् । उनले एमालेको लागि झनै राष्ट्रिय सहमति आवश्यक भएको तर्क गरे । 

‘एमाले पार्टी देशको प्रमुख पार्टी भएको हुनाले राष्ट्रिय सहमति झन चाहिनुपर्ने हो नि । उहाँहरुकै नेतृत्वमा त्यो भुमिका खेल्दा त झन सुनमा सुगन्ध हुनुपर्ने हो नि । त्यसकारणले राष्ट्र सामु उपस्थित समस्याहरुलाई मिलाएर जाऔँ भन्ने कुरामा एमाले रुष्ट हुनुपर्ने के कारण छ ?’ उनले भने । 

सचिव पौडेलले गठबन्धनलाई जोगाउँदै अन्य दललाई पनि गठबन्धनमा सामेल गर्नु आवश्यक रहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन जोगाउनका लागि सबैसँग छलफल गरिरहेको उनले बताए । 

त्यस्तै माओवादी केन्द्रकै नेता महेन्द्रबहादुर शाहीले वर्तमान व्यवस्थाको रक्षाका लागि संसदमा सामेल सबै राजनीतिक पार्टीहरुका बीचमा सहकार्य गर्नुपर्ने आवश्यकता भएको बताए ।  

Skip This
Skip This
Logo