तीन दिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव बिनय मोहन क्वात्रा आज नेपाल आउने भएका छन् ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफ्नो दुई दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् । सोमबार र मंगलबार उनले प्रधानमन्त्रीदेखी राजनीतिक दलका शिर्ष नेताहरुलाई भेट्ने कार्यक्रम तय भएको छ ।
सोमबार बिहान साढे १० बजे काठमाडौं उत्रने भारतीय विदेश सचिव क्ववात्रा नेपाल–भारत सचिवस्तरीय संयन्त्रमा सहभागी हुनेछन् । सो छलफलपछि परराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजित ‘लञ्च’ कार्यक्रममा सहभागी हुनेछन् । परराष्ट्र सचिवले दिएको लन्चपछि भारतीय विदेश सचिवले परराष्ट्र मन्त्री बिमला राईसँग द्वि–पक्षिय भेटघाट गर्नेछन् । प्नधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्नधानमन्त्री नरेन्द« मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् ।
सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । उनी त्यसका लागि बालकोट जानेछन् । विदेश सचिव क्ववत्राले मंगलवार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई भेटघाट गर्नेछन् । मंगलबार राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम तय भएको बुझिएको छ ।































प्रतिक्रिया