‘जनयुद्ध दिवस’को विरोधमा सिंहदरबार अगाडी प्रदर्शन गरिदैँ

‘जनयुद्ध दिवस’को विरोधमा सिंहदरबार अगाडी प्रदर्शन गरिदैँ

केन्द्रबिन्दु
0
Shares

‘जनयुद्ध दिवस’ मनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारको निर्णयको विरोधमा काठमाडौंमा प्रदर्शन हुने भएको छ ।

नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मी कनकमणी दिक्षितका अनुसार द्वन्द्व पीडित समुदाय तथा नागरिक समाजको आयोजनामा सोमबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय, सिंहदरबार मोड, काठमाडौंमा विरोध तथा धर्नाको आयोजना गर्न लागिएको हो । ‘रगतको होली खेल्ने नेपाल र नेपालीको पिडा, शोक र अन्यायको कालो दिनलाई उल्टो कथित उत्सबका नाममा बिदा दिने निर्णयको विरोधमा आयोजित धर्ना’ भन्दै ‘जनयुद्ध दिवस’को विरोध र धर्ना कार्यक्रम तय गरिएको दिक्षितले जानकारी दिए । 

Skip This
Skip This
Logo