जलवायु परिवर्तनका समस्या न्यूनीकरण गर्न दक्षिण एशियास्तरको संयन्त्र बनाउनेमा जोड

जलवायु परिवर्तनका समस्या न्यूनीकरण गर्न दक्षिण एशियास्तरको संयन्त्र बनाउनेमा जोड

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र भारतीय विदेशसचिव विनमोहन क्वात्राबीच भेटवार्ता भएको छ । सोमवार सिंहदरबारमा मन्त्री पौड्याल र सचिव क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको हो । 

भेटवार्तामा विकासका सहायताको विषयमा कुराकानी भएको मन्त्री पौड्यालले बताइन् । उनले भेटमा कनेक्टीभटी अन्तर्गत हवाई यात्राको कनेक्टीभिटी विषयमा पनि कुराकानी भएको बताइन् । एयरपोर्ट बनिरहेको र त्यसलाई पूर्ण रुपमा सञ्चालन गर्ने विषयमा पनि छलफल भएको उनले बताइन् ।

मन्त्री पौड्यालले विमानस्थलका रुटहरु खोल्ने र ट्रेट ब्यारियरका बारेमा पनि छलफल भएको बताइन् । उनले भारतबाट सामान आउँदा थाहा नभइकन सामानहरु रोकिने समस्या आएकाले त्यसका बारेमा पनि छलफल भएको बताइन् । विद्युतलाई अझै बढी उत्पादन र विद्युत बिक्रीलाई बढाउने कुरामा पनि छलफल भएको उनले बताइन् ।

मन्त्री पौडेलले भेटमा द्वी पक्षिय सम्बन्धलाई बलियो बनाउँदै विकासका सहायतालाई अघि बढाउने र सम्झौता गरिसकेको कुराहरु र सफल रुपमा कार्यान्वयन गर्ने बारेमा पनि छलफल भएको बताइन् । उनले भेटमा नेपालमा लगानीको वातावरण बनाउने बारेमा पनि छलफल भएको बताइन् । 

सचिव क्वात्रासँगको भेटमा जलवायु परिवर्तनबाट परेको असरका बारेमा पनि छलफल भएको उनले बताइन् । उनले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि दक्षिण एशिया स्तरको बलियो संयन्त्र बनाएर विश्वको जलवायु सम्बन्धी फोरममा कसरी एउटै आवाज बनाएर लैजाने भन्नेबारेमा आफूले विशेष जोड दिएको बताइन् ।  

मन्त्री पौड्यालले भेटमा छिमेकीसँगको सम्बन्ध र दौत्य सम्बन्धलाई बलियो बनाउने बारेमा छलफल भएको बताइन् । 

Skip This
Skip This
Logo