मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ ।
बैठक अपरान्ह २ बजेका लागि बोलाइएको छ । सभामुख रामचन्द्र मण्डलले मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । गत माघ ४ गते प्रदेश मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। सोही बैठक आजबाट सुरु हुन लागेको हो ।





























प्रतिक्रिया