भारतीय विदेश सचिव क्वात्रा दोस्रो दिन पनि भेटवार्तामा व्यस्त

भारतीय विदेश सचिव क्वात्रा दोस्रो दिन पनि भेटवार्तामा व्यस्त

केन्द्रबिन्दु
0
Shares

नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन आएका भारतीय विदेश सचिव बिनय मोहन क्वात्राले आज पनि आफ्नो भेटघाटलाई जारी राख्ने भएका छन् ।

विदेश सचिव क्वात्राले मंगलबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके राउत) लगायतलाई भेट्ने कार्यक्रम तय भएको नेपालस्थित भारतीय दुतावास स्रोतले जनाएको छ । सोमबार सचिवस्तरीय बैठकमा सहभागी भएपछि  विदेश सचिव क्वात्राले समकक्षी परराष्ट्रमन्त्री बिमला राई, राष्ट्रपति बिद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउबा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । 
 

Logo