तत्काल गृहमन्त्री नियुक्त गर्न सांसद ज्ञानेन्द्र शाहीको माग

तत्काल गृहमन्त्री नियुक्त गर्न सांसद ज्ञानेन्द्र शाहीको माग

केन्द्रबिन्दु
0
Shares

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तत्काल गृहमन्त्री नियुक्त गरेर देशमा भइरहेको अराजकता स्थितिलाई नियन्त्रणमा लिन माग गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शाहीले गत सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको घटनासहितले देशमा सरकार नभएको आभास गराएको बताएका हुन् । देशको शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्न गृह मन्त्रालयमै मन्त्री नियुक्त नहुँदा देशमा अराजक, लुटपाट भएको भन्दै उनले तत्काल गृहमन्त्री नियुक्त गर्न माग गरे । 

सबै मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने हो भने सबै मन्त्रालय खाली गरे हुने शाहीको भनाइ थियाे ।

Logo