प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली बालुवाटारमा

प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली बालुवाटारमा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान पुगेका अध्यक्ष ओली र प्रधानमन्त्रीबीच सत्तारुढ गठबन्धनमा देखिएका आशंका मेटाउने विषयमा छलफल भएको जनाइएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसबाट राष्ट्रपति बनाउन लागेको चर्चा चलिरहँदा प्रधानमन्त्री र ओलीबीच केही सातायता बाक्लै भेटवार्ता भइरहेका छन् । सरकार गठनताका एमालेबाट राष्ट्रपति बनाउने सहमति भएको बताइए पनि माओवादी केन्द्रले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउने निर्णय गरेको छ । जसकारण एमाले सशंकित बन्दै आएको छ । 
 

Logo