लोकप्रिय नाराले देश चल्दैन -प्रकाशमान सिंह

लोकप्रिय नाराले देश चल्दैन -प्रकाशमान सिंह

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकप्रिय नाराले मात्रै देश चलाउन नसकिने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेस एमाले लगायत पुराना दललाई समेत सरकार चलाउन मुस्किल परिरहेका बेला लोकप्रिय नारा लिएर आउने पार्टीले देश चलाउन नसक्ने बताएका हुन् ।

उनले लोकप्रिय नारा दिएर सत्तामा पुगेपछि के हुन्छ भन्ने यसपटक देखिएको बताए। राजनीति लगायत जुनसुकै क्षेत्रमा स्थापित हुन योगदान गर्नुपर्ने र धरातल बुझ्नुपर्ने उनको भनाइ छ । 

त्यस्तै नेता सिंहले मिश्रित निर्वाचन प्रणालीका कारण एउटै दलको बहुमत आउन मुस्किल भएको जिकिर गरे। जनताले नै मिलिजुली सरकार बनाउने म्याण्डेड दिएको अवस्थामा दलहरु पनि त्यसै अनुसार अघि बढ्नुपर्ने उनको भनाइ छ ।

नेता सिंहले आफूले निर्वाचनमा उठ्दा जनतासामु गरेका प्रतिबद्धताहरूलाई प्राथमिकतामा राखेको बताए ।

Skip This
Skip This
Logo