राष्ट्रपतिमा कांग्रेसलाई सर्मथन गरे प्रचण्डलाई पूर्ण कार्यकाल प्रधानमन्त्री -प्रवक्ता महत

राष्ट्रपतिमा कांग्रेसलाई सर्मथन गरे प्रचण्डलाई पूर्ण कार्यकाल प्रधानमन्त्री -प्रवक्ता महत

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा स्वीकार्ने संकेत दिएको छ ।

नेपाली काँग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरेको खण्डमा काँग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्नुपर्ने बताए । उनले अहिलेको परिवेशमा नेपाली काँग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वभाविक हुने बताए । उनले संविधान रक्षाका लागि नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै राष्ट्रपतिको पद महत्वपूर्ण भएको बताए ।

प्रवक्ता महतले राष्ट्रपति पदमा राष्ट्रिय सहमति कायम हुनु नै सबैभन्दा उत्तम विकल्प भएपनि राष्ट्रिय सहमतिका लागि सत्तारुढ दल नेकपा एमाले नमानिरहेको अवस्थामा संविधानको रक्षाधर पार्टीहरु एक भएर काँग्रेसले उठाएको उम्मेदवारलाई राष्ट्रपति पदमा निर्वाचित गर्न आग्रह गरे । उनले राष्ट्रपति नेपाली काँग्रेसको हुने वा नहुने भन्नेकुरा गौण रहेको तर संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्नेकुरा प्रमुख रहेको बताए ।

उनले एमालेले राष्ट्रिय सहमति नचाहेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीले के निर्णय गर्ने भन्नेकुरालाई ध्यान दिन जरुरी रहेको बताए । प्रवक्ता महतले राष्ट्रपतिमा काँग्रेसतर्फको उम्मेदवारलाई समर्थन गर्दा नेपाली काँग्रेसले पनि प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई पूर्ण कालका लागि निरन्तरता दिनुपर्ने बताए ।

यस्तै, प्रवक्ता महतले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गरेको आरोप लगाउँदै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नहुने बताए । उनले सबैभन्दा ठूलो दल बनेर सत्ता बाहिर बस्नु काँग्रेसका लागि बिडम्वनाको विषय भएको उल्लेख गर्दै अहिलेको सत्ता गठबन्धन स्वार्थ केन्द्रित रहेको उल्लेख गरे ।

Skip This
Skip This
Logo