बागमती प्रदेशमा खर्च कटौतीको प्रस्ताव पारित

बागमती प्रदेशमा खर्च कटौतीको प्रस्ताव पारित

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशको शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा खर्च कटौतीको प्रस्ताव पारित गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्यको संयोजकत्वमा बनेको कार्यदलले गएको माघ २४ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई बुझाएको प्रतिवेदनका आधारमा प्रदेश सरकारले खर्च कटौती गर्ने तयारी गरेको हो । यसैगरी, बैठकले प्रदेशको नीति तथा योजना आयोगको सदस्यहरुमा डा. दिपेन्द्र श्रेष्ठ र डा. जयन्त खनाललाई नियुक्त गरेको सरकार प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

यसअघि गएको माघ २४ गते आयोगको उपाध्यक्षमा डा. होमनाथ चालिसे नियुक्त भएका थिए । यो सँगै आयोगले पूर्णता पनि पाएको छ । बैठकले निजामती कर्मचारी सम्वन्धी कानून निर्माणका लागि २ वटा प्रतिस्थापन विद्येयकहरु प्रदेशसभा बैठकमा लैजाने निर्णय समेत गरेको छ । बैठकले प्रदेश निजामती सेवाको गठन संचालन र सेवा सम्बन्धी प्रतिस्थापन विद्येयक र स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धी प्रतिस्थापन विद्येयक संसदमा लैजाने निर्णय गरेको हो ।

बैठकले यस अघिको सरकारले जारी गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संशोधन अध्यादेशलाई निष्कृय गर्ने निर्णय समेत गरेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिस्ठानबाट हेटौंडा अस्पताल अलग गर्ने गरी जारी भएको उक्त अध्यादेशबाट प्रतिष्ठानको अस्तित्वमा समस्या देखिने भएकाले अध्यादेशलाई निष्कृय गर्ने निर्णय गरेको हो ।

Skip This
Skip This
Logo