तीन जिल्ला कमिटी विघटन गरेर एमालेले तोक्यो अधिवेशन मिति

तीन जिल्ला कमिटी विघटन गरेर एमालेले तोक्यो अधिवेशन मिति

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले महोत्तरी, पर्सा र रौतहट गरी ३ जिल्ला कमिटी विघटन गरेको छ ।

जनकपुरधाममा बसेको एमाले मधेस प्रदेश सचिवालय बैठकले ३ जिल्ला कमिटी विघटनको निर्णय गरेको हो । एमालेका अनुसार विघटित जिल्लाहरुको अधिवेशन तोकिएको छ । साथै सो बैठकले वैशाख १४ र १५ गते महोत्तरी, वैशाख १७ र १८ गते पर्सा र वैशाख २० र २१ गते रौतहटमा जिल्ला अधिवेशन गर्ने निर्णयसमेत गरेको छ । उनका अनुसार अधिवेशनको बेला विवाद भएका कारण महोत्तरी, पर्सा र रौतहट जिल्ला कार्य समिती विघटन गरिएको हो ।

जिल्ला अधिवेसन पछि नयाँ नेतृत्व आउनेछ । सो बैठकमा प्रदेश अध्यक्ष राम औतार यादव, मधेश प्रदेश ईन्चार्ज रघुबिर महासेठ, सह ईन्चार्ज पुरुषोत्तम पौडेल, नेताहरु सुमन प्याकुरेल, लिलानाथ श्रेष्ठ, कृषिमन्त्री ज्वाला साह, सांसद अच्युत मैनाली मधेस प्रदेशमा कार्यरत शिर्ष नेतृत्वको उपस्थिति थियो ।

Skip This
Skip This
Logo