राष्ट्रपतिमा विदेशीको सिफारिस चल्नु लज्जास्पदः भीम रावल

राष्ट्रपतिमा विदेशीको सिफारिस चल्नु लज्जास्पदः भीम रावल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता भीम रावलले देशको राष्ट्रपतिको नाम बिदेशीहरुले सिफारिस गरेको देख्दा लज्जास्पद भएको बताएको छन् । बिहिवार सामाजिक सञ्जालमा रावलले देश र जनताका लागि छलफल गरेको भए जनतालाई राहात हुन्थ्यो तर त्यो नगरेको पनि बताएका छन ।
 
‘पदका लागि शीर्ष नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि रु’ रावलले भनेको छन्, ‘नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्नथाले । लज्जास्पद र निन्दनीय ।’

Logo