प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

राजनीतिक दलहरुमा भावी राष्ट्रपतिको विषय पेचिलो बनिरहेका बेला साे भेटवार्ता भएको हो । 

सिंहदरवारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच पुरानो पाँच दलीय गठबन्धनका विषयमा पनि छलफल भएको छ । 

पाँच दलीय गठबन्धन ब्यूँताएर नयाँ राष्ट्रपति चयन गर्ने कि एमालेसहित गठबन्धनमा एकीकृत समाजवादीलाई सहभागी गराउने विषयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच छलफल भएको छ ।

Logo