सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)सहित नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीचको छलफल सकिएको छ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेकाे बैठकमा राष्ट्रपति निर्वाचनमा सम्भावित समीकरणबारे छलफल भएकाे जसपाका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । आज कुनै सहमति नभएकाे र भाेली कांग्रेससँग पनि बसेर छ टुंग्याउने उनकाे भनाइ थियाे ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष एवं माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ सहभागी थिए । साथै जसपाबाट अध्यक्ष यादवसहित राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, बेदुराम भुसाल, घनश्याम भुसाल लगायत सहभागी थिए ।































प्रतिक्रिया