राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । राष्ट्रपति निर्वाचनसहितका समसामयिक विषयमा छलफल र आवश्यक निर्णय लिन बैठक बस्न लागेको हो । 

आज पार्टी कार्यालय धुम्बाराहीमा मध्यान्ह साढे १२ बजे बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले राष्ट्रपति निर्वाचनमा कुन दललाई सहयोग गर्ने भन्ने निर्णय गरिसकेको छैन ।

पार्टीमा राष्ट्रपति निर्वाचनमा मतदान गर्न नहुने आवाज पनि उठिरहेको छ । यस विषयमा पनि आजको बैठकले ठोस निर्णय लिनेछ । 

Skip This
Skip This
Logo