राष्ट्रपति देशको अनुहार हो, सहमति कायम गरौँ -मन्त्री खान

राष्ट्रपति देशको अनुहार हो, सहमति कायम गरौँ -मन्त्री खान

केन्द्रबिन्दु
0
Shares

खानेपानी मन्त्री अब्दुल खानले आफूहरु राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा रहेको बताएका छन् । 

जनमत पार्टीको वरिष्ठ उपाध्यक्षसमेत रहेका मन्त्री खानले शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो पार्टी राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका हुन् । उनले राष्ट्रपति देशको अनुहार भएको भन्दै त्यसमा विवाद गर्नु नहुने बताए । 

राष्ट्रपतिमा सहमति गर्नुपर्नेमा आफूहरुको जोड रहेको उनको भनाई छ । 

मन्त्री खानले राष्ट्रपति निर्वाचनको सन्दर्भमा ठूला राजनीतिक दलहरुले आफूहरुसँग कुनै छलफल नगरेका बताए । 

Logo