देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ -राजेन्द्र लिङ्देन

देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ -राजेन्द्र लिङ्देन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा छोटो समय सरकारमा रहँदाका आफ्ना बुझाइहरु भन्दै चारवटा बुँदासमेत उल्लेख गरेका छन् । जसमा पहिलो बुँदामा कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको रहेछ भनेर लेखेका छन् । त्यस्तै, दोस्रो बुँदामा देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा भएको उल्लेख गरेका छन् ।

यसैगरी, अध्यक्ष लिङदेनले तेस्रो बुँदामा नागरिक समाज आवश्यकताभन्दा धेरै नकारात्मक रहेको बताएका छन् भने चौथो बुँदामा लेखेका छन, ‘देश बनाउन नसकिने र नबन्ने रहेनछ बनाउन सकिन्छ र बन्छ ।’

यसअघि नेकपा एमालेसहित सात दलको गठबन्धन बनेसँगै उपप्रधान तथा ऊर्जामन्त्री बनेका लिङ्देनसहित राप्रपाका सबै मन्त्रीहरूले राजीनामा दिइसकेका छन् । तर राष्ट्रपति निर्वाचनमा गठबन्धन फेरिएर समीकरण बदलिएसँगै सरकारबाट बाहिरिएको राप्रपाले सर्मथन पनि फिर्ता लिएको थियो ।

Logo