प्रधानमन्त्रीले सरकारबाट नबाहिरिए मन्त्रीहरुलाई बर्खास्त गर्ने चेतावनी दिए -एमाले

प्रधानमन्त्रीले सरकारबाट नबाहिरिए मन्त्रीहरुलाई बर्खास्त गर्ने चेतावनी दिए -एमाले

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । साथै एमालेले सरकारबाट पनि फिर्ता हुने नर्णय गरेको छ । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुस १० भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नगएको र नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको बताए । उनले प्रधानमन्त्रीले एमाले सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरुलाई बर्खास्त गर्ने वा बिना विभागीय मन्त्री बनाउनेसम्मको चेतावनी दिएको पनि आरोप लगाए । 

उनले प्रधानमन्त्री दाहालले जेनेभा भ्रमणमा जान लागेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई अन्तिम समयमा रोकेर प्रधानमन्त्रीले अपरिपक्वता देखाएको र नेकपा एमालेमाथि प्रतिरोध साँधेको आरोप लगाए । उनले अन्तिम समयमा राष्ट्रको प्रतिनिधित्व गर्नबाट रोक्नुले राष्ट्रको इज्जतमाथि नै प्रतिकुल असर परेको दाबी गरे । 

उपाध्यक्ष पौडेलले प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा भएको सहमति कार्यान्वयन नगरेर देशमा राजनीतिक स्थिरता नचाहेको आरोप पनि लगाए । 

Logo