प्रतिनिधि सभामा सांसद् रहमानको शोक प्रस्ताव पारित

प्रतिनिधि सभामा सांसद् रहमानको शोक प्रस्ताव पारित

केन्द्रबिन्दु
0
Shares

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको शोक प्रस्ताव पारित गरेको छ । 

सोमवार बसेको प्रतिनिाधि सभाको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो । 

रहमानको शनिवार हृदयघातका कारण निधन भएको थियो । समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रहमान ६३ वर्षकी थिइन् । झापाकी स्थायी बासिन्दा रहेकी रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद बनेकी थिइन् । रहमान जसपाकी केन्द्रिय सदस्यसमेत थिइन् । 

प्रतिनिधि सभाको अर्को बैठक फागुन १७ गते बुधवार दिउँसो १ बजे बस्नेछ । 
 

Logo