यी १६ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डलाई

यी १६ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डलाई

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १६ मन्त्रालयको जिम्मा पाएका छन् । नेकपा एमालेका मन्त्रीले राजीनामा दिएसँगै थप आठ मन्त्रालयको कार्यभार पनि उनी आफैँले सम्हालेका हुन् । 

सोमबार एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसहित परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, भूमि सुधार, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई, कृषिमन्त्री ज्वालाकुमारी साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र रक्षामन्त्री हरी उप्रेतीले राजीनामा बुझाएका थिए । 

त्यसअघि नै प्रधानमन्त्री प्रचण्डले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेको गृह मन्त्रालयसहित शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पनि आफैं मातहत राखेका थिए । साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेसँगै ऊर्जा, सहरी विकास र कानून मन्त्रालयबाट मन्त्रीहरू फिर्ता भइसकेका छन्। वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पनि प्रधानमन्त्री मातहत नै छ । 

हाल मन्त्रिपरिषदमा नेकपा माअ‍ोवादी केन्द्र र जनमत पार्टीका नेता मात्रै छन् । माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौती पूर्वाधारमन्त्री, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, अमनलाल मोदी संघीय मामला तथा सामान्य प्रशासनमन्त्री, रेखा शर्मा सूचना प्रविधि तथा सञ्चारमन्त्री बनेका छन् । साथै सुशीला श्रीपाली पर्यटन राज्यमन्त्री बनेका छन् । साथै जनमतबाट अब्दुल खान खानेपानी मन्त्री बनेका छन् । 

अब राष्ट्रपति चुनावका लागि बनेको नयाँ गठबन्धनमा रहेका दलहरूलाई समेटेर प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने सम्भावना छ। 

राष्ट्रपति कार्यालयको विज्ञप्ति-

Logo