निर्वाचन सम्बन्धी कार्यक्रममा सहयोग गर्न कांग्रेसद्वारा परिपत्र जारी

निर्वाचन सम्बन्धी कार्यक्रममा सहयोग गर्न कांग्रेसद्वारा परिपत्र जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसले सरकारले वैशाखमा तोकिएको मध्यावधि निर्वाचनका लागि मतदाता नामावली अद्यावधिकमा सहभागी हुन पार्टी जिल्ला कार्यसमितिलाई परिपत्र जारी गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो कुरा उल्लेख छ । मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन कांग्रेसले सोमबार नै परिपत्र जारी गरेको भए पनि मंगलबार मात्र सार्वजनिक भएको हो ।

निर्वाचन आयोगले माघ १५ गतेदेखि २१ गतेसम्म ७५३ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालनका लागि कार्यक्रम प्रकाशित गरिसकेको सन्दर्भमा कांग्रेसले यसलाई सहयोग पुर्याउन परिपत्र जारी गरेको हो।

संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोधका कार्यक्रम गरिरहेको कांग्रेसले निर्वाचन सम्बन्धि कार्यमा सहयोग गर्ने परिपत्र जारी गर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपतिद्वारा संसद विघटन गरि वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको घोषणा भइसकेको छ ।

Skip This
Skip This
Logo