प्रदेश नं. १ को संसद बैठक आज बस्दैछ ।
बिहान ११ बजे बस्ने आजको बैठकमा प्रदेश नामाकरणको प्रस्ताव पेस हुने बताइएको छ । पहिलो कार्यकालमा प्रदेशको नाम टुङ्ग्याउन नसकेको प्रदेश १ को संसदले यही दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै सो विषयको टुङ्गो लगाउने प्रयास गरिरहेको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखेर संसदमा नामाकरण प्रस्ताव पेस हुन लागेको स्रोतले जनाएको छ ।
यद्यपि स्थानीय पहिचानका आधारमा प्रदेश नं १ को नामाकारण गर्नुपर्नेमा सत्तारूढ दल नेकपा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी र जसपाले असहमति जनाउँदै आएका छन् । ७ प्रदेशमध्ये ६ वटा प्रदेशको नामकरणको टुंगो यसअघिनै लागिसकेको छ ।
नेपालको संविधानमा प्रदेशको नामकरणको टुङ्गो लगाउन प्रदेशसभाको दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश १ मा ९३ जनाको संसद् छ । जसमध्ये नामकरणको टुङ्गो लगाउन ६३ जना सांसद चाहिन्छ । प्रदेश १ प्रदेशसभामा एमालेका ४०, काँग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् । सत्तापक्ष र विपक्षमा विभाजित हुँदा कसैको पनि दुई तिहाइ मत पुग्न सक्ने सम्भावना कम रहेको कारण सर्वसहमतिमा नामकरणको टुङ्गो लगाउने तयारी गरिएको नेताहरू बताउँछन् ।































प्रतिक्रिया