नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससँग बनाएको गठबन्धनले राष्ट्रपति निर्वाचनका लागि हुन लागेको अभिमुखीकण भेलाको तयारी सुरु गरेको छ ।
आगामी १९ गते हुन लागेको अभिमुखीकरणका लागि कांग्रेससहित माओवादी केन्द्रले नेता चयन गर्ने कार्य सुरु गरेका हुन् । कांग्रेसका सांसदहरुले सो प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारीले नेतृत्व गर्ने गरी कांग्रेस पदाधिकारीले बैठक टुंगाएको छ ।
सभापति देउवाको निवासमा बसेको पदाधिकारीको बैठकले १९ गते हुन लागेको सांसदहरुको अभिकरण भेलामा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा माहौल सिर्जना गर्नका लागि सांसदहरुलाई प्रशिक्षण दिइने गरी तयारी सुरु गरेको सहमहामन्त्री बद्री पाण्डेले बैठक पछि भने । उनका अनुसार सबै ७ प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।































प्रतिक्रिया