प्रदेश १ को नामकरणबारे छलफल गर्न प्रदेशसभाको बैठक सुरु भएको छ ।
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले प्रदेशको नाम ‘कोशी’ राख्नका लागि संसदमा नामाकरण प्रस्ताव पेस गरेको छ । साथै नेकपा एकीकृत समाजवादी र जसपाले भने ‘किराँत लिम्बुवान सगरमाथा’ राख्न प्रस्ताव राखेका छन् ।
यसअघि नेपाली कांग्रेसले पनि एमालेको प्रस्तावमा आफ्नो समर्थन राखेको थियो तर, पछि फिर्ता लिएको छ । यता माओवादी केन्द्रले भने कोसीमै मतदान गर्ने संसदीय दलको बैठकबाट निर्णय गरिसकेको छ ।
६ वटा प्रदेशले अघिल्लो कार्यालयमै प्रदेशकाे नामकरण गरे पनि प्रदेश १ ले नाम राख्न नसकेकोमा आलोचना हुँदै आएको छ । प्रदेशसभाकाे नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुईतिहाई सांसदकाे समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार ६२ जना सांसदकाे आवश्यक छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।





























प्रतिक्रिया