राष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभा बैठक सर्‍यो -संसद सचिवालय

राष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभा बैठक सर्‍यो -संसद सचिवालय

केन्द्रबिन्दु
0
Shares

संघीय संसद सचिवालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभाको बैठक पछि सार्नुपरेको बताएको छ । 

प्रतिनिधि सभाको १४ औँ बैठक बुधवार दिउँसो १ बजे बस्ने कार्यसूची थियो । तर संघीय संसद सचिवालयले सूचना टाँस गरी आगामी चैत्र ५ गते आईतवार दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएको छ । 

सञ्चारकर्मीसँग कुराकानी गर्दै संसद सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका कारण बैठक पर सार्नुपरेको बताए । उनले सभामुख देवराज घिमिरे इन्टर पार्लियामेण्ट्री युनियन (आईपियु) को बैठकमा भाग लिन आगामी फागुन २६ गते बहराइन जाने कार्यक्रम रहेकाले पनि बैठक पछि सारिएको बताए । 

प्रवक्ता गिरीले लगत्तै फागु पूर्णिमा, नारी दिवस लगायतका दिनहरु परेकाले पनि बैठक तत्कालै राख्न नसकिने अवस्था रहेको उल्लेख गरे । 

Logo