विप्लवको चेतावनी- माओवादीलाई अपराधी बनाए इतिहास दोहाेर्‍याउँछौँ

विप्लवको चेतावनी- माओवादीलाई अपराधी बनाए इतिहास दोहाेर्‍याउँछौँ

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री एवं नेकपा –माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबिरुद्ध मुद्दा दर्ता गर्दासमेत कोही बोल्न नसकेको भन्दै आलोचना गरेका छन् । 

आईतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै महासचिव चन्दले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीबिरुद्ध मुद्दा दर्ता हुँदासमेत प्रधानमन्त्री दाहालकै पार्टीले केही नबोल्नु दुःखको कुरा भएको बताए । 

उनले मुद्दा दर्ता भइसक्दा समेत प्रधानमन्त्री दाहालको पार्टीले कुनै आवाज नउठाएकाले उहाँको पार्टी कता गयो ? भन्दै प्रश्न गरे । उनले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको भन्दै माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिए । 

महासचिव चन्दले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार नरहेको जिकिर गरे । उनले माओवादीलाई अपराधी बनाए इतिहास दोह-याउने चेतावनी दिए । माओवादीलाई अपराधी बनाएर व्याख्या गर्नेकुरा सह्य नहुने उनको भनाई थियो । 

Logo