मुलुकलाई द्वन्द्वतर्फ धकेल्न केही तत्त्व लागिपरेका छन् -उपमहासचिव पोखरेल

मुलुकलाई द्वन्द्वतर्फ धकेल्न केही तत्त्व लागिपरेका छन् -उपमहासचिव पोखरेल

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रका उपमाहासचिव तथा पूर्वमन्त्री गिरिराजमणी पोखरेलले मुलुकलाइ द्वन्द्वतर्फ धेकेल्न केही शक्ति लागिपरेको बताएका छन् ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डविरुद्ध भएको फैसलालाइ संकेत गर्दै उपमहासचिव पोखरेलले टिम बनाएर केही तत्त्व समस्या बल्झाउनेतर्फ लागेको आरोप लगाएका हुन् ।

आज महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीसगँ कुरा गर्दै उनले संक्रमणकालीन न्यायका काममा ढिला भएको स्विकार गर्दै तीव्रतापूर्वक यी कामलाई टुंगो पुर्‍याउनुपर्ने तर्क गरे ।

'द्वन्द्वको दुवै पक्षमा परेका समस्यालाई शान्ति प्रक्रियाका राजनीतिक शक्ति मिलेर हल खोज्नुपर्छ,' उनले भने । 

कांग्रेससहितको ८ दलिय गठबन्धनमा कुनै शंका नगर्न पनि उपमाहासचिव पोखरेलले आग्रह गरेका छन् । राष्ट्रपति निर्वाचनपछि राजनीतिक समिकरण परिवर्तन हुन्छ भन्ने संचारकर्मीको प्रश्नमा उनले भने, 'नेपाली कांग्रेस ठूलो गल्ति गरेर ब्युझिएको छ, फेरि एमालेको उक्साहटमा लाग्दैन र पुराना गल्ति दोर्‍याउँदैन ।'

८ दलिय गठबन्धनमा अझैँ  राप्रपा, राष्ट्रिय  स्वतन्त्र पार्टी थपिनेमा पनि उपमहासचिव पोखरेलले विश्वास व्यक्त गरेका छन् ।

शक्ति पृथकीकरणको कोणबाट प्रधानमन्त्री माओवादीसँग, सभामुख एमालेसँग, राष्ट्रपति नेपाली कांग्रेससगँ पुग्दा प्रकान्तरले देशलाई  फाइदा नै पुग्ने जिकिर गर्दै उपमहासचिव पोखरेलले  शक्ति दुरुपयोग गर्ने प्रवृत्तिलाई यसले चेक एण्ड व्यालेन्समा राख्ने दाबीसमेत गरे ।

Logo