सत्ता गठवन्धन आवद्ध नौ दलको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय गरेको छ ।
नौ दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायको विषयमा अदालतले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले द्वन्द्वकालीन घटनाका समस्या समाधान गर्ने विषय देशकै साझा एजेण्डा भएको बताए ।
उनले यसलाई सकारात्मक निष्कर्षमा पुर्याउन सबै पक्ष लाग्नुपर्ने बताए ।
संयुक्त विज्ञप्तिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी फोरम (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसी, जनमत पार्टीका उपाध्यक्ष मो. अब्दुल खान, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता चौधरी र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन्।






























प्रतिक्रिया