राष्ट्रपति निर्वाचनमा रास्वपाले मतदान गर्ने, तर कसलाई ?

राष्ट्रपति निर्वाचनमा रास्वपाले मतदान गर्ने, तर कसलाई ?

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको पदाधिकारीसहितको संसदीय दलको बैठकले राष्ट्रपति निर्वाचन सम्बन्धमा सर्वसहमतिमा मतदान गर्ने निर्णय गरेको छ । 

पार्टीको बैठक आज बिहान ११ बजे बसेको थियो । पार्टीका प्रवक्ता एवं महामन्त्री डा मुकुल ढकालले बैठकको मतदान गर्नेबारे निर्णय भएको जानकारी दिएका हुन् । 

मतदान दिने निर्णय गरे पनि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसन्बन्धी ऐन, २०७४ बमोेजिम राष्ट्रपति निर्वाचनमा गोप्य मतदान हुने भएकाले कसलाई मतदान गर्ने हो भन्नेबारे धारणा सार्वजनिक नगर्ने बताए । उनले भने, “आचारसहिंताको मर्मलाई पालना गर्दै हामी सर्वसहमत भएको र कस्लाई मतदान गर्ने भन्ने निर्णय सार्वजनिक नगर्ने निर्णय गरिएको छ ।”  

Logo