संक्रमणकालीन न्यायसम्बन्धी बाँकी रहेका काम दुई वर्षभित्र सम्पन्न गर्छौँ -मन्त्री शर्मा

संक्रमणकालीन न्यायसम्बन्धी बाँकी रहेका काम दुई वर्षभित्र सम्पन्न गर्छौँ -मन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संक्रमणकालीन न्याय सम्बन्धी बाँकी रहेका कामहरु दुई वर्षभित्रमा सम्पन्न गरिसक्ने बताएकी छन् । 

बिहीवार राष्ट्रपति निर्वाचनमा मतदानका लागि संघीय संसद भवन नयाँ बानेश्वर पुगेकी मन्त्री शर्माले सञ्चारकर्मीहरुसँग कुरा गर्दै शान्ति प्रक्रिया र संक्रमणकालिन न्यायसँग सम्बन्धित बाँकी रहेका कामहरु दुई वर्षभित्र सम्पन्न गरिसक्ने बताएकी हुन् । उनले सरकारले संसदमा दर्ता गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा आयोगको अवधि नै दुई वर्षका लागि तोकिएको जानकारी दिइन् । 

विधेयक पास भएर मात्रै नहुने भन्दै उनले आवश्यक कामहरु पनि समयमै सक्नुपर्ने बताइन् । उनले द्वन्दले निम्त्याएका समस्याहरुको पूर्ण रुपले समाधान गर्नका लागि विधेयक दर्ता भएको उल्लेख गरिन् । 

मन्त्री शर्माले सरकार यस विषयलाई छिटोभन्दा छिटो टुंग्याउनका लागि प्राथमिकता दिएर काम गरिरहेको स्पष्ट पारिन् ।

Logo