सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले उपराष्ट्रपतिको उम्मेदवार लैंगिक रुपले फरक र सामुदायिक फरक हुनुपर्नेमा जोड दिएको छ ।
शुक्रवार बालुवाटारमा बसेको माओवादी धारका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले फरक समुदायको महिला उपराष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने पार्टीको धारणा रहेको जानकारी गराएका हुन् ।
उनले नेपालको अहिलेको अवस्था स्थितिअनुसार फरक समुदायको महिला नै भए राम्रो हुने बताए । उनले आफ्नो पार्टीले फरक समुदायको महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन गठबन्धनका घटकहरुले पहल गर्नुपर्ने अभिव्यक्ति रहेको बताए ।
महासचिव गुरुङले उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आचारसंहीता सकिने भएकाले ५ गतेपछि मात्रै सरकार बिस्तार हुने बताए ।





























प्रतिक्रिया