रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बन्न उमेर नै बाधक

रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बन्न उमेर नै बाधक

केन्द्रबिन्दु
0
Shares

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपति पदको उम्मेदवार बन्न उमेर बाधक बन्ने भएको छ । 

शुक्रबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले अध्यक्ष श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उमेर अपुग हुने भएको हो ।  

उपराष्ट्रपति बन्न ४५ वर्ष अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । तर निर्वाचन आयोगमा उपलब्ध विवरण अनुसार श्रेष्ठ विसं २०३९ सालमा जन्मिएकी हुन्। जसमा उनको उमेर पाँच वर्ष अपुग हुने देखिन्छ । 

आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । यता उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि रामसहाय प्रसाद यादवलाई उठाउने निर्णय गरिसकेको छ । जसपा र नागरिक उन्मुक्ति पार्टी ८ दलीय गठबन्धनमा छन् ।

Skip This
Skip This
Logo